आर्ट फिल्ममा देखिन मन छ : अभिनेत्री वर्षा

काठमाडौँ । वर्षा राउत पछिल्लो समयको चलेकी अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माझ लोकप्रिय छन् । थुप्रै फिल्म गरिसकेकी उनी पछिल्लो समय भने ‘महाजात्रा’को कारण चर्चामा छिन् । ‘महाजात्रा’ हिट फिल्म ‘जात्रा’को तेस्रो सिक्वेल हो । पहिलो र दोस्रो झैँ तेस्रो सिक्वेलमा पनि उनले विपिनको अपोजिटमा निरन्तरता पाएकी छन् ।
‘जात्रा’ र ‘जात्रै जात्रा’मा वर्षाले सम्पदा नामक चरित्र निर्वाह गरेकी थिइन् । अहिलेको ‘महाजात्रा’मा पनि उनको चरित्र त्यही हो । सम्पदा एउटा असल र इमानदार महिलाको भूमिका भएकोले आफूले निरन्तरता दिएको उनी बताउँछिन् ।
‘‘महाजात्रा’मा अझैँ सङ्घर्षशील गृहिणी बनेकी छु । परिवारमा छोरी थपिएसँगै अहिले अरूको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहिणी बनेकी छु’ उनले भनिन् ‘परिवारको लागि सङ्घर्ष गरिरहेकी महिला हो सम्पदा ।’
फिल्ममा उनको जोडी अभिनेता विपिन कार्की (फणीन्द्र) बनेका छन् । विपिनसँग उनले ‘जात्रा’मा प्रेम विवाह गरेकी हुन् । सम्पदा फणीन्द्रको इमानदारिताले आकर्षित गरेको फिल्ममा प्रेम विवाह भएको उनले बताइन् । पहिलो सिक्वेलमा प्रेमीका, दोस्रोमा श्रीमती र अहिलेको ‘महाजात्रा’ श्रीमतीमै भूमिका उनी छिन् । जसले उनलाई कलाकार बढी र हिरोइन कम समेत भन्न थालेका छन् । उनी फिल्ममा हिरोइन होइन, कलाकार बन्ने सोच बोकेर भित्रिएको बत्ताउँछिन् ।
‘महाजात्रा’को विषयमा अहिलेसम्म बाहिर धेरै कुरो आएको छ । कतिले पैसाको संघर्ष भनेका छन्, भने कतिले नेताको कालो कर्तुत । वर्षा एउटा पारिवारिक र सामाजिक फिल्म बताउँछिन् ।
‘हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ’, उनले थपिन् ‘यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।’
वर्षाले अहिलेसम्म थुप्रै फिल्म अभिनय गरिसकेकी छन् । त्यो अनुसार भूमिका पनि फरक फरक त हुने नै भयो । तर पनि उनको अभिनय प्यास मेटिएको छैन । अहिले उनलाई कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन लागेको छ । भन्छिन्, ‘‘जात्रा’ शृङ्खलाले पनि समीक्षात्मक र व्यावसायिक सफलता पाइरहेको छ । मलाई समाजले देखिरहने तर महसुस गर्न नसकेको कथालाई पर्दामार्फत दर्शकसम्म पुर्याउन मन छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय