मन्त्रिपरिषद् बैठकका १३ निर्णय : अर्थमन्त्रीलाई जर्जिया र निर्वाचन आयुक्तलाई कोरिया जान स्वीकृति
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री वर्षमान पुनलाई २०८१ वैशाख २० गतेदेखि २३ गतेसम्म जर्जिया भ्रमणको स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले जर्जियाको तिबिलिसीमा हुने एसियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको हो ।
यस्तै दक्षिण कोरियामा आगामी चैत २८ गते हुने २२ औँ राष्ट्रिय सभाको निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । यस्तै अप्पर मादी जिरो खोला जलविद्युत आयोजना ४३ मेगावाट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको मादी गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल जम्मा १६ दशमलव ९३ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।
कालीगण्डकी रिडी १३२ के.भी. प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ ।
यी हुन मन्त्रिपरिषद्ले गरेका निर्णयहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस