भारतीय कला र साहित्यबारे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । भारतीय कला र साहित्यबारे प्रथम दक्षिण एसियाली आदानप्रदान अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ इन्टर्गल स्टडिज, त्रिभुवन विश्वविद्यालयको पद्मकन्या बहुमुखी क्याम्पस र बङ्गलादेशको गभर्मेन्ट ब्र्राइअल कलेज सह–आयोजक रहेको भर्चुअल सम्मेलन जर्नल अफ साउथ एसियन एक्सचेन्जको आयोजनामा सम्पन्न भएको हो ।
अमेरिकी प्राध्यापक डा. डेबसिस बर्नजी, नेपालका डा. खुमप्रसाद शर्मा, बङ्गलादेशका प्रा। सरिफ एटिक्युजमानले सहआयोगक संस्थाबाट प्रतिनिधित्व गरेको सम्मेलनको अध्यक्षता वेस्ट बङ्गालस्थित भाट्टर कलेजका प्राध्यापक तरुण तपस मुखर्जीले गरेका थिए । सम्मेलनको संयोजन भारतको अङ्ग्रेजी तथा विदेश भाषा विश्वविद्यालयका डा. जई सिंहले गरेका थिए ।
सम्मेलनको उद्घाटन भारतीय शिक्षा न मण्डलका संगठन मन्त्री श्री शंकरनन्दद जीले गरेका थिए । त्यस अवसरमा उनले दक्षिण एसियामा संस्कृति र साहित्यका साथै सङ्गीत, कला र नाटक आदानप्रदानमा जोड दिए । अध्येताहरूको गहिरो अध्ययनप्रति प्रतिबद्धता देखाए त्यो सम्भव हुने उनको भनाई थियो ।
त्यस अवसरमा नेपालका प्रतिनिधि डा. शर्माले दक्षिण एसियाको साहित्यमा नेपाली साहित्यको महत्वबारे प्रकाश पारेका थिए ।
यो सम्मेलन दक्षिण एसियामा साहित्य र सांस्कृतिक आदानप्रदानका लागि कोसेढुंगा साबित हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण
-
प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने
-
मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित
-
झापा, इलाम र विराटनगरको पेटिकाबाट बार निर्वाचनको मतगणना सुरु