शाओमीले सुरु गर्यो विद्युतीय कारको बिक्री

सेञ्झेन । चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी शाओमीले विद्युतीय कारको बिक्री सुरु गरेको छ । कम्पनीले यो महिनामा आफ्नो पहिलो विद्युतीय कारको डेलिभरी सुरु गर्ने भएको हफ ।
कम्पनीले कारको मूल्य भने मार्च २८ मा घोषणा गर्ने अनुमान गरिएको छ । अहिलेसम्म देशभरमा कारको अर्डर लिन २९ शहरमा कम्पनीले ५९ ओटा स्टोर खोलेको शाओमीले बताएको छ ।
चीनमा घरेलु कम्पनी बीवाईडी र अमेरिकी कम्पनी टेस्लाबिच मूल्य युद्ध चर्किएकै समयमा कम्पनीले कार बेच्न थालेको छ । शाओमीले गएको वर्ष स्पीड अल्ट्रा ७ (एसयू७) कार लञ्च गरेको थियो । विश्वको शीर्ष पाँच अटो निर्माता बन्ने लक्ष्य शाओमीले लिएको त्यति बेला कम्पनीका प्रमुख कार्यकार लिइ चुनले बताएका थिए ।
आगामी १० वर्षभित्र सवारी साधन व्यवसायमा कम्पनीले १० अर्ब डलर लगानी गर्दैछ । चीनमा यतिबेला विद्युतीय कारको बिक्री बढाउन कार निर्माता कम्पनीबिच मूल्य कटौती गर्ने होडबाजी नै चलेको छ । बीवाईडी जस्ता घरेलु प्रतिस्पर्धी कम्पनीहरूले हालैका महिनामा मूल्य कटौती गरेपछि अमेरिकी खर्बपति व्यापारी एलन मस्कको टेस्लाले हालैका महिनामा चीनमा आफ्ना उत्पादनको मूल्य घटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा