राष्ट्रियसभामा नयाँ नेतृत्व
दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुँदाको क्षण तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २९ फागुन २०८०, १४ : ०६

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नेता नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार उनी निर्वाचित भएसँगै गठबन्धनका सांसदहरुले बधाई तथा शुभकामना दिँदै खुसीयाली मनाएका थिए । निर्वाचित भएलगत्तै दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन आफूले भूमिका खेल्न निरन्तर लागिरहने बताए ।
।
निर्वाचनमा मत विभाजन हुँदा दाहालले ३९ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?