छायाङ्कनका लागि जनकपुर पुग्यो ‘केटी हराएको सूचना’

काठमाडौँ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म हो, ‘केटी हराएको सूचना ः मिसिङ’ । दीपेन्द्र गौचन निर्देशक रहेको फिल्म छायाङ्कनका लागि जनकपुर पुगेको छ ।
केही दिन अगाडि काठमाडौँबाट छायाङ्कन सुरु भएको फिल्म बाँकी छायाङ्कन सकाउन जनकपुर पुगेको हो । फिल्मको बाँकी छायाङ्कन जनकपुरमै हुने निर्माता नकिम उद्दिनले बताए ।
ट्राइ–सिटी पिक्चसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नकिम उद्दिनले निर्माण गर्न लागेका हुन् । उनले यस अगाडि ‘म्यान फ्रम काठमाण्डू’ निर्माण गरेका थिए ।
फिल्ममा सृष्टि र नाजिरको अलावा स्थानीय कलाकारको समेत अभिनय रहनेछ । ३० दिनको सेडुलसहित छायाङ्कनमा निस्किएको फिल्मको रिलिज सन् २०२४ बताइएको छ । फिल्ममा निर्माण नियन्त्रक अरुण रेग्मी हुन् ।
अमर महर्जनको छायाङ्कन रहने यस फिल्म मार्फत नाजिर र सृष्टिले पहिलो पटक जोडीको रूपमा सहकार्य गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक