जनमतले इलाम र बझाङमा आफ्नो उम्मेदवार उठाउने
_ZClym1j2cX.jpg)
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न उपनिर्वाचनमा इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार बसेको जनमत पार्टीको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
बैठकले नयाँ बनेको गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले बताए । साथै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेको छ । माघ ८ गते मधेस कृषि विश्व विद्यालयको भवन निर्माणको शिलान्यास गर्ने क्रममा भएको झडपमा जनमत पार्टीका तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्री महेश यादवलगायत अन्य नेताहरू घाइते भएका थिए ।
जसपाका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सो भवनको शिलान्यास गरेका थिए । जनमतले त्यसको विरोध गरेपछि झडप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
-
मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन
-
प्रसाईंको दुई साता : भारतका ३ सहर घुमेर हिन्दुवादीको घरमा ‘सेल्टर’
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट