तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गिरी

पर्वत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताएका छन् । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताएका हुन् ।
“अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानुन र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”, उनले भने ।
मन्त्री गिरीले कतिपय नीति तथा कानून अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिए । उनले आवश्यक ऐन तथा कानून निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गरे ।
मन्त्री गिरीले मुलुक चरम आर्थिक सङ्कटमा रहेका बेला यसको सुधारका लागि उचित कानून निर्माण अहिलेको आवश्यकता भएको बताए । “अहिलेका नीति लगानीमैत्री छैनन्”, उनले भने, “लगानी र व्यावसायीमैत्री कानून बनाउन हामी लाग्छौँ ।”
वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको भन्दै मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखि काम गर्नेगरी अघि बढेको बताए । उनले न्याय क्षेत्रमा रहेका विकृति बिसङ्गतीको पनि अन्त्य गरिने दाबी गरे।
उनले वर्तमान सत्तागठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर गरे । उनले सत्य निरुपण तथा मेलमिलाप, सङघीय निजामित ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने समेत उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली