देशभर १ हजार १८० जना पशु चिकित्सकको कमी
मङ्गलबार, २९ फागुन २०८०, ११ : ३०
काठमाडौँ । देशभर पशु चिकित्सक आवश्यकता भन्दा कम दर्ता भएका छन् । नेपाल पशु चिकित्सा परिषद्का अनुसार देशभर १ हजार १८० जना पशु चिकित्सकको कमी भएको पाइएको छ । परिषद्को पछिल्लो अध्ययन अनुसार तत्काल नेपालमा ३ हजार १६२ जना पशु चिकित्सकको आवश्यकता देखिएको छ । तर परिषद्मा जम्मा १ हजार ९८२ जना पशु चिकित्सक दर्ता भएका छन् ।
देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ परिषद्ले जनाएको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।
हालै मात्र भएको भएको पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जनाले मात्रै उत्तीर्ण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’
-
अवैध आप्रवासीहरूलाई अमेरिकाले हतकडी र नेल लगाएको विषयमा के भन्छन् विज्ञहरू ?
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा