पाँच दलबिच लिखित सहमति भइसक्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।
‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धन दलहरू एकताबद्ध भएर मत दिन अपिल गरेको छ । राष्ट्रिय कार्यभार पुरा गर्न हामीले राष्ट्रिय सभालाई सही ढंगले सञ्चालन गर्न साझा उम्मेदवार दिएका छौँ । त्यसलाई समर्थन गरेर विजयी गराउन भनेर अपिल गरिएको हो । बैठकमा माओवादीका अध्यक्ष प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा राष्ट्रिय सभा संसदीय दलका नेता मृग्रेन्द्र यादवले आ–आफ्ना धारणा राखेका थिए’, बैठकबारे सञ्चारकर्मीलाई माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने ।
साथै उनले यो सरकार खालि सरकार बनाउनका निम्ति मात्रै पुनर्गठन नगरिएको दाबी गरे । ‘यो सरकार निश्चित उद्देश्यका साथ पुनर्गठन गरिएको हो । विशेष त अहिलेको मुख्य कार्यभार सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका विन्दुमा पुर्याउने कार्यभार हुन्’, उनले भने, ‘त्यो कार्यभार यसअघिको सरकार मार्फत पुरा गर्न सकिएन । त्यसले त्यति धेरै तीव्रता लिन सकेन । त्यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको हो ।’
उनले राष्ट्रिय कार्यभार पुरा गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहने बताए । यस्तै पाँच दलबिच लिखित सहमति भइसकेकाले समस्या नभएको उनले बताए । अहिलेको सहकार्य चार दलमात्र नभई पाँच दलबिच सम्झौता लिखतमा हस्ताक्षर भइसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य