आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

माधवलाई एकवर्षे प्रधानमन्त्री दिलाएरै छाड्ने भए : गोकुल बाँस्कोटा

मङ्गलबार, २९ फागुन २०८०, ०९ : ५३
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक वर्षका लागि मुलुकको प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटा ले पछिल्लो सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन तथा प्रधानमन्त्रीको विश्वासको मतको विषयप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । 

‘ एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिए ल ! जे पर्छ परोस्’, बाँस्कोटा ले आफ्नो फेसबुक पेजमा लेखेका छन् । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुदैछ भने बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप