एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरियो अल–नासर
मङ्गलबार, २९ फागुन २०८०, ०९ : ०३

रियाद । क्रिस्टियानो रोनाल्डोको अल–नासर एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । अल–ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै टोली प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा १–० ले पछि परेको टोली दोस्रो लेगमा ३–० ले पछि परेको थियो । तर, टोलीले पुनरागमन गर्दै खेल अतिरिक्त समयमा पुर्याएको थियो ।
निर्धारित समयमा गोलको सुन्दर अवसर गुमाएका रोनाल्डोले ११८ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै १० खेलाडीमा सीमित अल–नासरलाई ४–४ को स्थितिमा ल्याएका थिए । पाँच पटकको बालोन डी’ओर विजेता ३९ वर्षीय खेलाडीले टोली २–३ गोलले पछि रहेको स्थितिमा मात्र तीन यार्ड टाढाबाट गोल गर्न चुकेका थिए ।
अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अल–नासर १–३ गोलले पराजित हुन पुग्यो । टोलीका लागि रोनाल्डोले मात्र पेनाल्टीबाट गोल गर्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान
-
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत