इङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यास युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको हो ।
चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुड्रिचले एक एक गोल गर्दा न्युक्यासलका एलेक्सान्दर इसाक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए ।छैटौँ मिनेटमा निकोलस ज्याक्सनले कोल पाल्मेरको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, ४३ औँ मिनेटमा एलेक्सान्दर इसाकले ब्रुनो गुइमारेसको पासमा गोल गरेपछि न्युक्यासलले पहिलो हाफ बराबरीमा टुङ्ग्याएको थियो ।
५७ औँ मिनेटमा कोल पाल्मेरले एन्जो फर्नान्डेसको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । यस्तै ७६ औँ मिनेट मिखाइल मुड्रिचले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए ।
दोस्रो हाफको अन्तिम समयमा ज्याकोब मर्फीले न्युक्यासलका लागि गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । त्यसपछि थप गोल नभएपछि अन्ततः चेल्सी ३–२ को नतिजाका साथ जित निकाल्न सफल भयो ।
प्रिमियर लिगमा जित निकालेको चेल्सी २७ खेलमा ३९ अंक बनाउँदै तालिकाको ११ औँ स्थानमा रहेको छ भने पराजित भएको न्युक्यासल युनाइटेड २८ खेलबाट ४० अंकका साथ दशौं स्थानमा छ ।
प्रिमियर लिगमा आर्सनल र लिभरपुल समान ६४ अंकका साथ शीर्ष २ मा रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान