मण्डलामा ‘आकाशको बाटो’

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै नाटक मञ्चन हुन लागेको थिएटरले जनाएको छ।
नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी हुन्। पछिल्लो समय समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावलगायत विभिन्न कारणले नेपाली युवाहरू बाहिरिने चलन प्रथाकै रूपमा स्थापित हुँदै गइरहेको र त्यसले समाजमा निम्त्याएको प्रभाव र परिवर्तनको दस्ताबेजलाई नाटकमार्फत देखाउन खोजेको निर्देशक चौधरीले बताए। ‘यो सामाजिक यथार्थपरक नाटक हो’ उनले भने।
नाटकमा कलाकार शीतल वाग्ले, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति केसी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राई, कृष्ण गुरुङ (कृष), कोहिनूर विश्वकर्मा, मञ्जिल श्रेष्ठ, दिपक श्रेष्ठ, विजय तामाङ (ब्लोन), मान बहादर हिराङ्ग साम्पाङ्ग राई, सुशान्त पन्त, जीवन ठाकुर, पविन तामाङ्ग, रविन साहशकर, मनोज केसी, मुकेश पाण्डे पभात आङ्गबो लिम्ब र सोहित रावलको अभिनय रहनेछ।
थिएटरकै प्रस्तुति रहेको नाटक सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १२ः३० र ४ बजेको दुई सो हुने थिएटरले जनाएको छ। नाटक चैत १८ गतेसम्म चल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ घरको कागज भन्दै मन्जुरीनामामा सहीछाप गराइएको खुलासा
-
फ्राइडे रिलिज : ‘द्रौपदी’ भर्सेज ‘११ः ५५’
-
जनमत पार्टीसँगको एकताबारे छलफल गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
-
महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
-
लेखा समितिद्वारा उजुरी छानबिन गर्न ७ वटा कार्यदल गठन, कुनमा कसको नेतृत्व ?
-
त्रिवि केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन नगरे आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी