नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत
![नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत](https://npcdn.ratopati.com/media/news/nir-shah_V3S5Tbb5Rc.jpg)
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत भएका छन् । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय समितिको सोमबार बसेको बैठकले शाहलाई सल्लाहकारमा मनोनीत गरेको हो ।
महासंघका अध्यक्ष तीर्थ थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय डिल्लीबजारमा बसेको बैठकले संघको विधान संशोधन तथा परिमार्जन गर्ने, आगामी भदौ मसान्तभित्र महाधिवेशन गर्ने, लोकप्रिय लोकगायक बिमलराज क्षेत्रीको मेचीमहाकाली एकल लोकतान्त्रिक सांस्कृतिक कार्यक्रम गर्ने, आगामी होलीपुर्णिमाको दिन नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीसहित विभिन्न कलाकर्मीको उपस्थितिमा होली कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
बैठकले महासंघको अर्जुन गिरीको संयोजनमा अनुशासन, गंगाबहादुर पाण्डेको संयोजनामा न्यायिक सकितको अलवा आर्थिक, कार्यक्रम, विभिन्न विधागत समिति समेत गठन गरेको महासंघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले जानकारी दिए ।
सांस्कृतिक महासंघ नेपाली कांग्रेसको सुभेच्छु संस्था हो । पार्टीले नेपाली संस्कृतिक संघलाई नै सांस्कृतिक महासंघ बनाएको हो । सांस्कृतिक महासंघका सभापति तीर्थ थापालाई नै पार्टीले ६ महिनाभित्र महाधिवेशन गराउने अधिकारसहित अध्यक्षको जिम्मेवारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा