सरकारमा नजाने र विश्वासको मतको विपक्षमा मतदान गर्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा नजाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकले तत्काल प्रदेश सरकारमा पनि सहभागी नहुने तर आवश्यकताअनुसार पछि जान सकिनेगरी आवश्यक कार्यादेश अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
यस्तै पार्टीले सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौँमा तय भएको जनप्रदर्शनको मिति सारिएको छ ।
एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौँ केन्द्रित जनप्रदर्शनको चैत २७ गतेलाई सार्ने निर्णय भएको हो ।
यस्तै राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने पनि निर्णय गरेको छ । दुई वटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने बैठकले निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।
राप्रपाले पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्नमाथि कारबाही गर्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष लिङ्देनलाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन