बैतेश्वर गाउँपालिका–७ मार्बुमा नेपाल रेडक्रस सोसाइटीको उपशाखा

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका– ७ मार्बुमा नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखा तदर्थ समिति गठन भएको छ । आइतबार वडा कार्यालयमा आयोजित भेलाले जीवन शर्मा रिमालको सभापतित्वमा ९ सदस्यीय नेपाल रेडक्रस सोसाइटी (मार्बु) उपशाखा तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको उपसभापतिमा पम्फी भुजेल, सचिव यज्ञराज चौंलागाईं, सहसचिव दुर्गाबहादुर खड्का, कोषाध्यक्ष शिवप्रसाद रिमाल, सह कोषाध्यक्ष गोपाल सार्की चयन भएका छन् । समितिको सदस्यहरुमा विजय चौलागाईं, कृष्ण भण्डारी र डिलकुमारी कँडेल चयन भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको प्रमुख आतिथ्यता र उपसभापति रिता रिमालको विशेष आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिले आगामी दिनमा रेडक्रस सम्बद्ध विविध रचनात्मक कार्यक्रम तय गरी तत्काल गतिविधि सञ्चालन गर्ने निर्णय समेत भेलाले गरेको छ । भेला वडाध्यक्ष मीनकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, नियन्त्रणका लागि जङ्गलमा बाख्रासहितको खोर
-
निषेधाज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित
-
नयाँ वर्षको पहिलो सूर्योदय, तस्बिरहरू
-
क्रान्तिकारीले नयाँ धरातलबाट सोचौँ: पूर्वप्रधानमन्त्री खनाल
-
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
-
मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ : अध्यक्ष यादव