शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोली सम्मानित

सोमबार, २८ फागुन २०८०, १७ : २८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । लोयल्टी एकेडेमीले सोमवार मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो । 

उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा र लोयल्टीका संस्थापक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए । लोयल्टीले तीन लाख ६१ हजार ८ सय रुपैयाँ बराबरको नेपाली महिला टोलीलाई सम्मान गरेको थियो । महिला दिवस अवसर पारेर विद्यालयले महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप महिला फुटबलर सम्मान गर्यो ।

लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो । सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुन् । विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान ग¥यो । सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर, गोलकिपर प्रशिक्षक उज्वल मानन्धरसहित टिमका बाँकी अफिसियललाई पनि जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गरे ।  उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाइ रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता सह्रानीय रहेको धारणा राखे ।

गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा उपाधिविमुख भएको थियो । च्याम्पियनसिपमा अतिथि टोलीका रूपमा सहभागी नेपालले फाइनलबाहेक अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप