आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

सुनसरीबाट करिब ९८ किलो गाँजा बरामद

सोमबार, २८ फागुन २०८०, १६ : ५०
सोमबार, २८ फागुन २०८०

सुनसरी । प्रहरीले  सुनसरीबाट करिब ९८ किलो गाँजा बरामद गरेको छ । सोमबार जिल्लाको देवानगंज गाउँपालिका–५ साहेवगंज यादव टोलस्थित मकैबारीबाट करिब ९८ किलो अवैध लागूऔषध गाँजा बिहान प्रहरीले बरामद गरेको हो ।

बारीमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरीले वेवाररिसे अवस्थामा रहेको ४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप