छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कास्की, बर्दिया, धनुषा, पर्सा लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सापकोटा चोकमा हेम्जाबाट पोखरातर्फ जाँदै गरेको ग.३ प ९०२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रोल्पा घर भएका २० वर्षीय दिनेश बुढामगरको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–९ शिवपुरस्थित सडकमा बीबीएस बोर्डिङ स्कुल ठाकुरद्वारा बर्दियाको ना.४ ख ६२७१ नम्बरको बसको पछाडिको चक्काले कुल्चिँदा सोही नगरपालिका शिवपुर बस्ने सीता सुनारकी छोरी ५ वर्षीय सबिता सुनारको मृत्यु भएको छ । सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ती बालिका आइतबार बसबाट झरी घरतर्फ जाने क्रममा पछाडिको चक्काले कुल्चिँदा गम्भीर घाइते भई उपचारका लागि मेडिकल कलेज
कोलहपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, धनुषाको धनुषा धाम नगरपालिका–२ स्थित सडकमा धनुषा धामबाट जनकपुरतर्फ जाँदै गरेको ज.७ प १९८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सबैला नगरपालिका–१३ रघुनाथपुर बस्ने २२ वर्षीय श्याम राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।यता, वीरगन्ज महानगरपालिका–२१ स्थित सडकमा ना.६४ प ७०४ नम्बरको मोटरसाइकललाई बा.प्र.०३–००१ च १९७५ नम्बरको बोलेरो गाडीले
ठक्कर दिँदा मोटरसाइकल चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर बस्ने ३० वर्षीय सरोज पटेलको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेस्थित सडकमा स.१ ख ८१६ नम्बरको बस र
प्र.१–०१–०१६प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका–३ बस्ने २४ वर्षीय प्रगति राईको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित सडकमा बागमती प्रदेश ०३–००१ क ०९५५ नम्बरको ट्रक र लु–५० प ४७०९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कावासोती नगरपालिका–३ अठ्ठाईसबिघा बस्ने धादिङ गंगाजमुना गाउँपालिका–५ घर भएका २० वर्षीय विश्व मित्र गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु
जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’