केन्द्रीय समिति बैठक
इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय
सोमबार, २८ फागुन २०८०, १६ : २०

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए ।
सोही समयमा बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।
बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ । रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु