राष्ट्रिय पुँजी निर्माण गरेर मात्रै विकास र रोजगारी सिर्जना गर्न सकिन्छ : राउत
बुटवल । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राष्ट्रिय पुँजी निर्माण गरेर मात्र विकास र रोजगारीको सिर्जना गर्न सकिने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश समिति कार्यालयको आज भैरहवामा उद्घाटन गर्दै डा.राउतले समाजवाद उन्मुख भनेर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा ल्याउनुपर्ने बताए ।
उनले शिक्षा र स्वास्थ्य राज्यले हेर्नुपर्ने र उद्योग धन्दा निजी लगानीमा सञ्चालन गर्न दिनुपर्ने बताए । उनले देशको अवस्थाको कारणले बिदेसिएका युवाहरूलाई स्वदेशमै फर्काउन सकिने वातावरण बनाउन राज्यले स्पष्ट नीति ल्याउनुपर्ने बताए । उनले मुलुकको व्यवस्थामा परिवर्तन आए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन नसकेको समेत सो क्रममा बताए ।
कुन पार्टीले कति सिट ल्यायो भन्ने विषयमा लोकतान्त्रिक व्यवस्था र अङ्कगणितको खेलमा धेरै महत्त्व राख्ने उनको भनाइ थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले गलत कामको समर्थन गर्न सरकारमा नगएको स्पष्ट पार्दे सरकारमा रहँदासम्म राम्रा काम गर्ने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादव, लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री सुमन शर्मा रायमाझी, प्रदेश सभा सदस्य गीता गुरुङ लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झरेको मोबाइल टिप्न जाँदा ७ घन्टासम्म ढुंगाको चेपमा उँधोमुन्टो भइन् युवती
-
बाढीपीडितलाई चिन्ता : जाडो सुरू भयो, अब कहाँ बस्ने ?
-
तिहारमा फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर
-
१२ बजे, १२ समाचार : 'सरकारको १०० दिन'देखि 'रवि लामिछानेको बयान'सम्म
-
पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
-
ललितपुर महानगरले बाढी प्रभावित छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने