दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु
सोमबार, २८ फागुन २०८०, १६ : ०६

काठमाडौँ । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित भिरालो ठाउँमा लडेर प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले रातोपाटीलाई बताए ।
सोहन चौधरी हिरासतबाट भागेका थुनुवा खोज्न खटिएका हुन् । जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका थुनुवा उमेश सिंह कुँवरलाई पक्राउ गरेर ल्याउँदै गर्दा लडेर प्रहरी जवानको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक महर्जनले जानकारी दिए । फागुन २१ मा पक्राउ परेका २३ वर्षीय कुँवर हिरासतबाट प्रहरीको आँखा छलेर भागेका थिए ।
ड्युटीको क्रममा ज्यान गुमाउने प्रहरी जवान कैलालीको कैलारी गाउँपालिकाका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग