कविता
जून
सोमबार, २८ फागुन २०८०, १५ : २३

आकाशको जून
अचानक–अनायास
फुत्त
भूइँमा खस्यो
जून
सदैव कहाँ
चम्कँदो रहेछ र ?
आकाशमा
सधैँ चम्कने जून
पृथ्वीमा
खस्न समेत नपाइ
छिनमै
आफैँ निभ्यो धिपिक्क
र
संसार अँध्यारो भयो
आहा !
जून त आकाशमै
ठिक हुँदो रहेछ
नहान तारो जूनलाई
जूनको आँशुले बग्नेछौ तिमी
नपार
घाइते पनि जूनलाई
केवल
जूनको आँशुले मात्रै पनि
तिमी
खङ्ग्रङ्ग डढ्ने छौ
सृष्टिदेखि नै
निरन्तर हाँसिरहेको जून
रोएकै दिन/रोएकै क्षण
फेरि
कहिल्यै नहाँस्ने गरी
सिङ्गै
पृथ्वी रुने छ क्वाँ... क्वातिसँग
र
तिमी पनि !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा