पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

काठमाडौँ । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छिन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापति पनि थिइन् ।
श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौँका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौँ महानगर समितिका सह-सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रही अवकाश प्राप्त विजय प्रताप शाह, नेपाली सेनाबाट अवकाश प्राप्त कृष्णजंगबहादुर सिंह, व्यवसायी तथा समाजसेवी सुभाष विष्ट लगायत दर्जनौँ व्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए । नवप्रवेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको विचार व्यक्त गरिन् । पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा कामको जिम्मेवारी र भूमिका दिने भन्दै सङ्गठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए