आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

वर्षमा दुई पटक आईपीएल गराउने बीसीसीआईको योजना

सोमबार, २८ फागुन २०८०, १३ : ४३
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एकै वर्ष दुईवटा इन्डियन प्रिमियर लिग (आईपीएल) गराउने तयारी थालेको छ । हालसम्म प्रत्येक वर्ष एकपटक आईपीएल आयोजना हुँदै आएको छ ।

आईपीएलको १७ औँ संस्करण यही मार्च २२ तारिखमा सुरु हुने बताइएको छ । १७औँ संस्करणको पहिलो खेल चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, निकट भविष्यमा नै बीसीसीआईले वर्षमा दुईपटक आईपीएल खेलाउने तयारी गरिरहेको छ । यसअघि भारतीय टोलीका पूर्वप्रशिक्षक रवि शास्त्रीले पनि वर्षमा दुईपटक आईपीएल आयोजना गरिनु पर्ने धारणा राख्दै आएका थिए ।

वर्षमा दुईवटा आईपीएल गराउन सबैभन्दा पहिले बीसीसीआईले अन्तर्राष्ट्रिय प्रतियोगिता नभएको रिक्त समय खोज्नुपर्ने हुन्छ । बीसीआईका लागि यो नै सबैभन्दा चुनौतीको विषय बनेको छ ।

यसका अतिरिक्त वर्षमा दुईपटक आयोजना गरिने आईपीएलमध्ये एउटा २० ओभरको र अर्को १० ओभरको गराउने विषयमा पनि कुराकानी चलिरहेको समाचारमा जनाइएको छ । यस विषयमा अझै छलफल जारी रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप