अमेरिकामा ७० लाख डलरमा नेपालीले किने होटल

अमेरिका । ७० लाख डलर खर्चिएर नेपालीले अमेरिकामा ‘ला क्विन्ता होटल’ खरिद गरेका छन् । टेक्सासबाट सञ्चालन भइरहेको हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले साझेदारीमा उक्त होटल किनेका हुन् । टेक्सासको कार्नेस सिटीमा रहेको उक्त होटल अर्का नेपाली व्यवसायी विकल ढकालसँगको साझेदारीमा खरिद गरेर सञ्चालन गर्न लागिएको हो ।
न्यू ल्याक्स इन्भेष्टमेन्ट एलएलसीको नाममा होटल खरिद गरिएको न्यौपानले बताए । अर्भिङ टेक्सासमा मुख्यालय रहेको ला क्विन्ता इन्स एण्ड स्वीट्स ब्राण्डका होटलहरु अमेरिकालगायत क्यानडा मेक्सीको र होण्डुरसमा सञ्चालित छन् । आर्थिक मन्दीका बीच जोखिम मूल्यांकनका साथै वित्तीय तथ्यांकको राम्रो अध्ययन गरेर नयाँ व्यवसाय सञ्चालन गर्न लागिएको ढकालको भनाइ छ ।
वर्षको सरदर ९५ प्रतिशत अकुपेन्सी हुने गरेको यो तीनतारे होटलमा ६९ कोठा छन् । न्यौपाने र ढकालको समूहले टेक्सासकै साउथ पाद्रेमा पनि अर्को होटल सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको छ । न्यौपाने हाल नेपाल अमेरिका पत्रकार संघ (नेजा)को कायबाहक अध्यक्ष पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर