गाजामा जारी युद्ध रोक्न प्रयास गर्ने बाइडेनको वाचा

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्ध रोक्न प्रयास गर्ने वाचा गरेका छन् । आइतबार विश्वभरका मुस्लिम समुदायलाई रमजानको शुभकामना दिने क्रममा उनले यस्तो वाचा गरेका हुन् ।
सन्देशमा उनले इजरायल–हमास द्वन्द्वको उल्लेख गर्दै इजरायली बन्धकहरूको रिहाइसँग सम्बन्धित सम्झौता अन्तर्गत गाजामा कम्तीमा ६ हप्ताका लागि तत्कालै युद्ध विराम गराउन अमेरिकाले काम गरिरहने बताएका थिए ।
‘हामी दिगो र दूरगामी स्थायित्व, सुरक्षा र शान्तिपूर्ण भविष्यका लागि काम गर्न जारी राख्नेछौँ । प्यालेस्टाइन र इजरायलका जनताले समान स्वतन्त्रता, मर्यादा, सुरक्षा र समृद्धिको उपभोग गर्न इजरायल र प्यालेस्टाइनबीच सहमतिमा गराउने प्रयास जारी राख्नेछौँ । यो दिगो शान्तिको एक मात्र बाटो हो ।’ बाइडेनले भनेका छन् । गाजामा स्थल, हवाई र समुद्री मार्गबाट अधिकतम मानवीय सहायता पुर्याउन अमेरिकाले अन्तर्राष्ट्रिय प्रयासलाई निरन्तरता दिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?