निर्वाचन
अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउँछु : शर्मा
सोमबार, २८ फागुन २०८०, ११ : ४१

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका युवराज शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने दाबी गरेका छन् ।
सोमबार उम्मेदवारी दर्तापछि नयाँ बानेश्वरस्थित संसद् भवन परिसमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका हुन् ।
उनले लोकतन्त्रमा जित हार कसैको नहुने भन्दै सबै हार्ने र सबै जित्ने भएकाले नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
‘मेरो राजनीतिक यात्रा धेरै लामो छ । यदि म राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए यो सभाको गरिमा बढाउने गरी नै काम गर्छु’, शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने
-
६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण
-
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क