गुणस्तरहीन खाना बेचेको आरोपमा ३ होटललाई ९ लाख जरिवाना

काठमाडौँ । गुणस्तरहीन खाना बिक्री वितरण गर्ने ३ होटल तथा रेस्टुरेन्टलाई ९ लाख रुपैयाँ जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटल तथा रेस्टुरेन्टलाई जरिवाना गरेको हो ।
विभागका प्रवक्ता आनन्दराज पोखरेलले ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टलाई कारबाही गरेको जानकारी दिए । उनले नियमित अनुगमनका क्रममा कैफियत भेटिएपछि ठमेलको होटललाई ३ लाख जरिवाना गरेको बताए ।
यस्तै, सो होटलले रिलेबलिङ गरेको वा गुणस्तरहीन वस्तुको मूल्य हेरफेर गरेको पाइएको थियो । यसक्रममा ९ हजार २०९ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्यवस्तुको नष्ट समेत गरिएको छ । यस्तै, सुन्धराको होटलले समेत रिलेबलिङ गरेको पाइएपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
यसबाहेक, लाजिम्पाटको होटलले समेत रिलेबलिङ गरेको वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसमा चुनाव लड्दै अनुप
-
पोखराको जनप्रिय क्याम्पसमा लफडा, स्ववियु चुनाव स्थगित
-
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
-
रुस–युक्रेन युद्धविरामका लागि मंगलबार कुरा गर्दैछन् पुटिन–ट्रम्प
-
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
-
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य प्राज्ञिक केन्द्र बनाउन सुझाव