वुल्फ्सबर्गलाई हराएपछि बायर लेभरकुजेनको १० अंकको अग्रता कायमै

काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलमा उपाधितर्फ लम्किरहेको बायर लेभरकुजेनले आफ्नो १० अंकको अग्रता कायमै राखेको छ । बायर लेभरकुजेनले आइतबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा वुल्फ्सबर्गमाथि २–० गोलको जित हासिल ग¥यो ।
लेभरकुजेनले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको २८औँ मिनेटमै वुल्फ्सबर्ग १० खेलाडीमा समेटिएको थियो । वुल्फ्सबर्गका मोरिज जेन्ज दोहोरो पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसैको फाइदा लेभरकुजेनले उठाएको थियो ।
निर्धारित समयको ३७औँ मिनेटमा नाथन टेल्लाले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि फ्लोरिन रिट्जले अर्को गोल थपेका थिए । जारी सिजनको लिगमा सबै टोलीले २५–२५ खेल खेलिसक्दा बायर लेभरकुजेन ६७ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
बायर्न म्युनिख भने समान खेलबाट ५७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । ५३ अंकसहित स्टुटगार्ट तेस्रो र ४७ अंकसहित बोरुसिया डर्टमन्ड चौथो स्थानमा आसिन छन् । वुल्फ्सबर्ग भने २५ अंकसहित तालिकाको १३औँ स्थानमा छ । लेभरकुजेनले हासिल गरेको यो लगातार छैटौँ जित हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३