विद्यार्थीका लागि योग शिविर सञ्चालन

बनेपा । आदर्श विद्या मन्दिर स्कुल बनेपाले स्वस्थ जीवनशैली जिउन सीप सिकाइका लागि कक्षा १० देखि १२ सम्मका विद्यार्थी र शिक्षकका लागि तीन दिने योग शिविरको सुरुवात गरेको छ । ‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ आयोजित शिविर फागुन २८ देखि फागुन ३० गतेसम्म एवीएम फुटसलमा सञ्चालन गरिनेछ ।
पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष योगगुरु ग्रोवेन तौजलेले योग शिविरबाट विद्यार्थीहरूलाई अनुशासित बन्न मात्र नभएर स्वस्थ जीवन जिउन र असल नागरिक बन्नका लागि मद्दत पुग्ने बताए । हरेक वर्ष विद्यालयमा गरिँदै आएको योग शिविरले विद्यार्थीलाई रचनात्मक बन्नका लागि उत्प्रेरित गरेको उनको भनाई थियो ।
काठमाडौँ विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालयको सहकार्यमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ जीवनशैली जिउने सिप सिकाइका लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको एकाइ–११ अन्तर्गत रहेर विद्यार्थीहरूले अनिवार्य रूपमा सिक्नुपर्ने प्रयोगात्मक योग ध्यान र स्वस्थ जीवनशैली सम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गरिएको हो ।
योग अभ्यासलाई विद्यार्थी शिक्षकको आन्तरिक मूल्याङ्कनको विषय बनाउनुका साथै छिमेकी विद्यालयहरूलाई पनि आमन्त्रण गरिएको छ । आदर्श विद्या मन्दिरले सामाजिक अध्ययन विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिक जीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकाससम्बन्धी पाठहरूलाई व्यावहारिक रूपमा सिकाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान