‘सांस्कृतिक पर्वहरू जोगाइराख्न नयाँ पुस्तालाई सँगसँगै सहभागी गराउन आवश्यक’

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांस्कृतिक पर्वहरूमा नयाँ पुस्तालाई सामेल गराउन जरुरी भएको बताएका छन् । सोमबार हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले ल्होसार जस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बिचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले मौलिक चाडपर्वको पुस्तान्तरणका लागि नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र चाडपर्व मनाउँदा सँगसँगै लिएर मौलिकता हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘सनातनदेखि आस्थाको धरोहरको रूपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ,’ उनले भने, ‘मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ,’ सभामुख घिमिरेले भनेका छन् ।
यस्तै, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पनि शेर्पा समुदायको विशेष चाड ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै समस्त शेर्पा समुदायलाई शुभकामना दिएकी छन् । सन्देशमा अर्यालले नयाँ वर्ष आरम्भको रूपमा मनाइने पर्वले नेपालका समस्त जातजाति तथा समुदायका बिचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन विशिष्ट योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा
-
तराईमा ८० भन्दा बढी प्रकारका जौको अनुसन्धान गरिँदै
-
चाँगुनारायण–नगरकोट पदयात्रा–२०८१ सम्पन्न
-
प्रधानमन्त्रीलाई बालेनले भने– मलाई हराउने ताकमा देशलाई नडुबाउनू
-
डिजेल र मट्टितेलको मूल्य घट्यो