थ्री एक्स थ्री बास्केटबलमा महिलाको सेमिफाइनल र पुरुषको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुल्ला थ्री एक्स थ्री बास्केबटल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह ए बाट ललितपुर ए र पोहिलो नेपाल सेमिफाइनल पुगेका छन् भने समूह बी बाट आईआईएमएस र आईएसए नेपाल सेमिफाइनल पुगेका छन् । अब सेमिफाइनलमा ललितपुर ए ले आईएसए नेपाल तथा आईआईएसएमले पोशिलो नेपालसँग खेल्नेछ ।
यस्तै पुरुषतर्फ आइतबारको खेलपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको छ । विभागीय टोली आर्मीको ए, बी र सी टोलीसहित हाउण्ड्स एकेडेमी ए, टाइम्स ए, बंगलादेश नेभी, बीएमके क्लब, र ललितपुर बी अन्तिम आठमा पुगेका हुन् ।
प्रिक्वाटरफाइनलमा आर्मी ए ले ललितपुर ए लाई २१–१५ ले, आर्मी बी ले हाउण्ड्स एकेडी सी लाई २१–८ ले र आर्मी सी ले कीर्तिपुरलाई २१–१७ ले हरायो ।
यस्तै हाउण्ड्स एकेडेमी ए ले टाइमआउट बी लाई २१–१० ले, टाइम्स ए ले टाइमआउट एलाई २१–१७ ले, बंगलादेश नेभीले टाइम्स बी लाई २१–१८ ले, बीएमके क्लबले इन्डपेन्डेन्ट युनिभर्सिटी बंगलादेशलाई २१–२० ले तथा ललितपुर बी ले बर्न टु हुपलाई २१–१९ ले हरायो ।
अब पुरुषको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल तथा महिलातर्फको सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछ ।
पुरुषतर्फ ३२ तथा महिलातर्फ ८ गरी ४० टिमको सहभागिता रहेको प्रतियोगिताको पुरुष विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । यस्तै महिलामा विजेताले ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछन् । पुरुष र महिला दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनेलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
-
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।