विमल पोद्दारसँग सुन कारोबारको ‘कनेक्सन’ देखिएपछि ८ जना भारतीय काठमाडौँबाट पक्राउ

काठमाडौँ । व्यवसायी विमल पोद्दारसँग सुन कारोबारबारे ‘कनेक्सन’ देखिएको आशङ्कामा ८ जना भारतीयलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भारत घर भएका अमिरुद्धिनसहित ८ जनालाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले रातोपाटीलाई बताए ।
४४ वर्षीय अमिरुद्धिनले स्वयम्भुस्थित भाडामा लिएको घरमा अरू ७ जना भेटिएका हुन् । अमिरुद्धिन र विमल पोद्दारको बिचमा सुन कारोबारेको ‘कनेक्सन’ देखिएको विभागको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । महानिर्देशक ढुंगाना भन्छन्–‘अमिरुद्धिन र पोद्दारको बिचमा त्यस्तो कारोबार भएको आशङ्कामा अनुसन्धान गर्दै छौँ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मङ्सिर २१ मा बरामद गरिएको सुनमा पनि व्यवसायी विमल पोद्दारको ‘कनेक्सन’ भेटिएको छ । पोद्दार पाँच वर्षअघि एयरपोर्टबाट बाहिरिएको साढे ३३ किलो सुन तस्करीको पनि प्रतिवादी हुन् ।
राजस्वको टोलीले अमिरुद्धिनसहित ८ जनालाई ९ दिनअघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा दिल्ली पश्चिम घर भएका २३ वर्षीय ध्रुव शर्मा, दिल्ली कृष्ण बिहार घर भएका २५ वर्षीय प्रिन्श शर्मा, दिल्ली पश्चिम घर भएका २२ वर्षीय रोहत कश्यप र दिल्ली रोहिना ब्लक घर भएका २३ वर्षीय दिपन्सु शर्मा सहित ८ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा