राष्ट्रिय सभा अध्यक्षको निर्वाचन : दाहाल र शर्मा आमनेसामने

काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । फागुन २९ गते हुन लागेको निर्वाचनमा दुई दलले आ–आफ्नो उम्मेदवार उठाउने निर्णय गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए । पार्टीपंक्तिले भने ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत दाहालको कार्यकाल २०८४ मा सकिँदैछ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको बताए ।उनले भने, ‘राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रूपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो । झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका साथीहरूको नाम पनि चर्चामा थियो । केही साथीहरूको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो । ३० गते विश्वासको मत लिने भन्ने कुरा भयो ।’
उता नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपनि नयाँ उम्मेदवार खडा गरिएको छ । सिटौलालाई भने सभापति शेरबहादुर देउवाले कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरेका छन् । निर्वाचनमा हालको सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ ।
संघीय संसद सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २८ गते प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । सोही दिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल