छोरोछोरीको होमवर्क गराउँदा गराउँदै अभिभावकहरूलाई हर्ट अट्याक हुन थालेपछि....

बेइजिङ । चीनमा बालबालिकाहरूको होमवर्क गराउँदा अभिभावकहरूलाई हर्ट अट्याक र स्ट्रोकका घटना बढेका छन् । चीनमा व्यस्त जीवन र रोजगारीका कारण पछिल्लो समय जिन्दगी तनावमय बन्न थालेको छ । यस्तो समयमा छोराछोरीको होमवर्क टाउको दुखाइको अर्को कारण बन्ने गरेको छ । होमवर्क गराउँदा गराउँदै अभिभावकहरूमा हर्ट अट्याकका घटना बढेका छन् ।
ओडिटी सेन्ट्रल न्यूज वेबसाइटका अनुसार जनवरीको एउटा साँझमा हङचाउ प्रान्तमा डोङ्ग नाम गरेकी एक ४० वर्षीय महिला आफ्नो छोरालाई गणित पढाइरहेकी थिइन् । जति सिकाउँदा पनि छोराले हिसाब मिलाउन जानेन । बच्चाको गल्तीका कारण उनी यति रिसाइन् कि एक्कासि ठूल्ठूलो स्वरले कराउन थालिन् ।
लगत्तै उनलाई टाउकोमा असह्य पीडा हुन थाल्यो । उल्टी आउन लाग्यो । केहीबेर पल्टिँदा समेत आराम नमिलेपछि उनी अस्पताल गइन् । सिटी स्क्यान गर्दा महिलालाई सबऐरकनाइड ह्यामरेज भएको थाहा भयो । यो एक खाले स्ट्रोक नै हो । लामो समयसम्म तनावमा रहँदा यस्तो हुन्छ । चीनमा यस्ता घटनाहरू बढेका छन् ।
पढाइरहँदा भइरहेको छ हर्ट अट्याक
जनवरी १३ मा पनि चीनमा यस्तै खालको घटना भएको थियो । जियांगसू प्रान्तको लियांगयुयांग सहरमा ३७ वर्षीय महिलालाई हर्ट अट्याक भयो । चार कक्षामा पढ्ने आफ्नो छोरालाई गणित पढाइरहेकी थिइन् उनी । बच्चालाई बारम्बार एउटा हिसाब सम्झाउने कोसिस गरिरहेकी थिइन् । तर पनि छोराले बुझ्दै बुझेन । महिलालाई यति धेरै रिस उठ्यो कि कराएर बोल्न थालिन् । त्यति नै बेला उनको छातीमा पीडा सुरु भयो । आफूले नसकेपछि उनले ६ कक्षामा पढ्ने जेठो छोरालाई भाइलाई हिसाब सिकाउन पठाइन् । तर पनि कान्छो छोराले हिसाब बुझेन ।
यो देखेर महिलालाई फेरि रिस उठ्यो । यति नै बेला उनो छाती फेरि दुख्न थाल्यो । जमिनमा ढलिन् । ज्यान असिन पसिन भयो । छोराहरूले बाबुलाई फोन गरे । अस्पतालमा महिलालाई टाइप ए एओर्टिक डिसेक्सन भएको थाहा भयो । उनको आकस्मिक शल्यक्रिया गर्नुपर्ने भयो । महिलाको एओर्टाको प्रोस्टेरियर वालमा करिब २ सेमीको प्वाल परेको थियो । ७ घण्टासम्मको अपरेसनपछि बल्ल डाक्टरहरूले त्यो प्वाल टाल्न सके ।
सन् २०१९ र सन् २०२० मा पनि चीनमा छोरालाई हिसाब पढाइरहेको बेलामा एक महिला र पुरुषलाई पनि हर्ट अट्याक भएको थियो । महिलाहरू घर र जागिरको कामका कारण निरन्तर तनाव र एङ्गजाइटी रहने गरेका छन् । यस्तोमा छोराछोरीको होमवर्क तनावको अर्को कारण बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा