पार्टी कार्यालयमा आक्रमण हुनु आपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ: अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्ष नजिक श्रेष्ठमाथि हातपात गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पार्टी कार्यालयभित्र पार्टीका नेतामाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका हुन् । पार्टीले दोषिउपर कारबाही हुनुपर्ने निर्णय गरेको बताए । उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरूमा छलफल भएको लिङ्देनले बताए । त्यस्तै बैठकमा नवीन राप्रपा कार्य योजनाको सन्दर्भमा पनि छलफलहरू भइराखेको उनले बताए ।
‘देशको समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरूमा, नवीन राप्रपा कार्य योजनाको सन्दर्भमा व्यापक छलफलहरू भइराखेको छ । अहिले पछिल्लो समयमा समसामयिक राजनीतिक परिस्थिति र आन्दोलनको बारेमा कुरा राख्ने क्रम चलिराखेको छ’, उनले भने ।
लिङ्देनका अनुसार भोलि अरू सबै निष्कर्षहरू आउने पनि बताए । शनिवारदेखि जारी राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार पनि बस्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना