राजनीति
युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
आइतबार, २७ फागुन २०८०, १७ : ३६

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले फागुन २९ गते हुने निर्वाचनका लागि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।
यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपनि नयाँ उम्मेदवार खडा गरिएको बताइएको छ ।
सिटौलालाई भने सभापति शेरबहादुर देउवाले कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरेका छन् । निर्वाचनमा हालको सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती
-
होमस्टेमा सरकारको लगानी, बालुवामा पानी