आर्मी क्लबको लगातार दोस्रो जित, मधेश प्रदेशलाई सात विकेटले हरायो
काठमाडौँ । ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता’ को आइतबार खेलिएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई सात विकेटले हराएको छ । जारी प्रतियोगितामा हालसम्म दुई खेल खेलेको आर्मी क्लबको यो लगातार दोस्रो जित हो ।
आर्मी क्लबले यसअघि खेलिएको आफ्नो पहिलो खेलमा कणरली प्रदेशलाई आठ रनले हराएको थियो । तीन खेल खेलेको मधेश प्रदेशको भने यो दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा मधेश प्रदेशको टोली कणरली प्रदेशसँग तीन विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई तीन विकेटले हराएको थियो ।
विराटनगरमा जारी उक्त प्रतियोगिताको आइतबारको खेलमा टस जिती पहिले ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने १६.५ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ५७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
आर्मीका सन्तोष कार्की र तृतराज दासले उत्कृष्ट ब्याटिङ गरे । दुबै ब्याट्सम्यानले अर्धशतक बनाए । ओपनर सन्तोषले ५७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान सन्तोषले ३८ बलको सामना गरी पाँच छक्का र दुई चौका हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान तृतराजले पनि अविजित ६० रन जोडे । उनले केवल ४३ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए । तयसअघि ओपनर ब्याट्सम्यान इमरान शेख आठ रन बनाउँदै आउट भएका थिए ।
तुल थापाले पनि पाँच बलमा तीन छक्काको मद्दतले १९ रनको योगदान गरे । सन्दीप रजाली चार रनमा अविजित रहे । मधेश प्रदेशका बलर रुपेश सिंह, पवन सर्राफ र अभिषेक तिवारीले एक(एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेश प्रदेशका लागि पवन सर्राफले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ६३ रन थपेका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३९ बलको सामना गरी ६ छक्का र दुई चौका पनि हिर्काएका थिए ।
विकेटकिपर ब्याट्सम्यान साहिल पटेलले पनि २२ रन बनाए । राहुल मण्डलले १७ रन जोडे । मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेश प्रदेशले अतिरिक्त रुपमा २३ रन पाएको थियो । आर्मी क्लबका बलर नितेश पटेल एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिएका थिए । तृतराज दास र साहक आलमले पनि दुई-दुई विकेट हात पारे । अर्को एक विकेट सुमित श्रेष्ठले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सम्मानित
-
सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ
-
‘लाज शरणम्’को नयाँ पोस्टरमा मोहम्मद आफतावको गेटअफमा सिताराम
-
लुम्बिनी प्रदेश सांसद निमा गिरीले सार्वजनिक गरिन् रिपोर्ट कार्ड
-
ट्रम्पले फेरि गरे क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा