बिदाइ भए डोलेश्वर आएका साधुसन्त

भक्तपुर । महाशिवरात्रि पर्वका लागि केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिरमा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका साधुसन्त एवं नागाबाबालाई दक्षिणासहित बिदाई गरिएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथ विकास समितिले साधुसन्तलाई ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी दक्षिणा दिएर आज बिदाई गरेको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।
समितिले ‘क वर्गका १३० जना साधुसन्त एवं बाबाहरुलाई दक्षिणस्वरुप जनही रु एक हजार दुई सय पाँच र ‘ख’ वर्गका साधुसन्त एवं बाबाहरुलाई रु आठ सय पाँचका साथै एक(एक थान धोती र कम्बल पनि दिइएको जनाएको छ ।
महाशिवरात्रिका लागि एक साता अगाडिदेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरुलाई मन्दिर परिसरमै खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरिएको थियो । महाशिवरात्रिका दिन सो मन्दिरमा ६० हजार दर्शनार्थीले दर्शन गरेको जानकारी दिँदै उनले मन्दिरमा जम्मा भएको भेटी भने केही दिनमा सार्वजनिक गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक