दिलकुमारी, रमेशजंग र अनिता देवकोटाले फिर्ता गरे सवारी साधनसहितका सेवा सुविधा
आइतबार, २७ फागुन २०८०, १५ : २८

काठमाडौँ । राष्ट्रिय सभाका तीन जना निवर्तमान सदस्यहरुले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गरेका सवारीसाधनसहितका सेवासुविधाहरु सरकारलाई फिर्ता गरेका छन् ।
सेवासुविधा फिर्ता गर्ने तीन जना पूर्वसदस्यहरुमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) छिन् । उनी एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति समेत हुन् ।
त्यस्तै नेपाली काँग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रिय सभा प्रमुख सचेतक बनेकी अनिता देवकोटाले पनि सुविधा फिर्ता गरेका छन् । आफ्नो कार्यकाल सकिएसँगै उनीहरुले सरकारबाट प्राप्त सवारीसाधनसहितका लिएका सबै सुविधा फिर्ता गरेका हुन् ।
गत फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको कार्याकाल सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु
-
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण : के–के हुँदैछन् सम्झौता ?
-
आजदेखि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
-
बस्ती पसेको पाटेबाघलाई निकुञ्जमा छाडियो
-
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
-
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ