आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तृणमूल कांग्रेसबाट लोकसभा उम्मेदबार बने चर्चित क्रिकेटर युसुफ पठान

आइतबार, २७ फागुन २०८०, १५ : १८
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । भारतमा लोकसभा चुनावको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदबारको नाम पनि चर्चामा ल्याउन थालेका छन् । यसैक्रममा भारतका चर्चित पूर्वक्रिकेटर युसुफ पठानको नाम पनि लोकसभा चुनावमा उम्मेदबारको रुपमा चर्चामा आएको छ । 

तृणमूल कांग्रेसले जारी गरेको आफ्ना उम्मेदबारहरुको सूचिमा पूर्वक्रिकेटर युसुफ पठानको नाम पनि समावेश गरिएको छ । ४१ वर्षीय युसुफ पठान आफ्नो समयका प्रभावशाली क्रिकेटर हुन् । उनी भारतलाई विश्वकप जिताउने टोलीका सदस्य पनि हुन् ।

अलराउन्डर खेलाडी युसुफ पठानले भारतका लागि ५७ एकदिवसीय अन्तर्राष्ट्रिय र २२ वटा टी– २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले टेस्ट क्रिकेट भने खेलेका छैनन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुई शतक र तीन अर्धशतकको मद्दतले कुल आठ सय १० रन बनाएका छन् । 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले कुल दुई सय ३६ रन बनाएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३३ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १३ विकेट पनि लिएका छन् । उनलाई तृणमूल कांग्रेसले बहरामपुरबाट आफ्नो उम्मेदबार बनाउने घोषणा गरेको छ । 

तृणमूल कांग्रेस ममता बनर्जीको पार्टी हो । उक्त पार्टीले अर्का भारतीय पूर्व क्रिकेटर कीर्ति आजादलाई पनि आफ्नो उम्मेदबारको रुपमा प्रस्तुत गरेको छ । कीर्ति आजादलाई दुर्गापुरबाट उम्मेदबार बनाउने घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप