प्रधान सेनापति र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबिच भेटवार्ता
आइतबार, २७ फागुन २०८०, १५ : १३

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका इन्टरनेशनल मिलिटरी को–अपरेशन अफिसका उपप्रमुख बिच भेटवार्ता भएको छ । आइतबार उपप्रमुख मेजर जनरल चाङ्ग पाओछुनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई छिमेकी देशहरुका साथै नेपानी सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध तथा आपसी चासेको बिचमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
फागुन २६ मा नेपाल भ्रमणमा आएको पाओछुनको टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखरा भ्रमण गर्ने कार्यक्रम छ । ६ सदस्यीय टोली फागुन २९ मा चीन फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस