टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु
आइतबार, २७ फागुन २०८०, १५ : ००

हेटौँडा । चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु भएको छ । बागमती प्रदेश सरकार मातहतको बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएमा एक युवकको टिकट काट्न लाइनमा बसेकै बेला मृत्यु भएको हो ।
पूर्वी चितवनको सो अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)को टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका जीवनबाबु थापामगरको टिकट काट्न लाइनमा बस्दै गर्दा मृत्यु भएको हो । अस्पताका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार आइतबार बिहान ३४ वर्षका मगरको सडेन कार्डियाक डेथ भएको हो ।
डा. ज्ञवालीका अनुसार मधुमेह रोगका पीडित उनी आइतबार बिहान उपचारका लागि अस्पताल आएका थिए । अचानक ढलेका उनलाई इमर्जेन्सी विभाग पु-याउँदा मृत्यु भइसकेको थियो । थापाको शव परिवारका सदस्यले जिम्मा लिइसकेको डा. ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो