वर्षाका कारण अनिर्णित रुपमा सकियो नेपाल र हङकङ बिचको खेल

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार खेलिएको नेपाल र घरेलु टोलीबिचको खेल अनिर्णित रुपमा सकिएको छ । नेपाल र हङकङबिचको खेल वर्षाका कारण अनिर्णित रुपमा सकिएको हो ।
वर्षाका कारण दुईपटक खेल रोकिएको थियो । नेपालले टस जिती पहिले फिल्डिङको निणर्य लिएको थियो । त्यसपछि ब्याटिङमा ओर्लिएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको थियो । केही समयपछि खेल फेरि सुरु भए पनि आठ ओभरमा पुनः वर्षा सुरु भएको थियो । त्यतिबेला हङकङले दुई विकेट गुमाएर ६५ रन बनाएको थियो । तर, त्यसपछि खेल पुनः सुरु हुन सकेन र अनिणर्ित रुपमा सकियो ।
हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए । हङकङको दोस्रो विकेट गुलसन झाले लिएका थिए ।
गुलसनले हङकङका ओपनर ब्याट्सम्यान निजाकत खानलाई २५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि हङकङका कप्तान निजाकतले २० बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । ७.२ ओभरमा निजाकत आउट हुँदा हङकङले ६१ रन बनाएको थियो ।
नेपाललले आफ्नो दोस्रो खेल मंगलबार पपुवा न्यु गिनीसँग खेल्नेछ । यसअघि शनिबार खेलिएको मैत्रीपूणर् खेलमा नेपाली टोली पराजित भएको थियो । उक्त खेलमा घरेलु टोली हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर