राप्रपाका नेतामाथि हातपात प्रकरणले बैठक प्रभावित

काठमाडौँ । राप्रपाको एक समूहले पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पूर्वएआईजीसमेत रहेका कार्यसम्पादन समिति सदस्य श्रेष्ठलाई पार्टी कार्यालयभित्रै कुटपिट भएको थियो ।
पार्टीको कार्यसम्पादन समिति बैठक चलिरहेकै बेला खाना खाने समयमा श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका हुन् । नेता दीपकबहादुर सिंहले श्रेष्ठलाई आक्रमण गर्नेहरू फरार रहेको बताए । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।
स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थियो । नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि श्रेष्ठमाथि आक्रमण भएको थियो । उनीमाथि आक्रमण भएपछि राप्रपाका शीर्ष नेताहरुले छुट्ट्याएका थिए भने लगत्तै उनीहरु फरार रहेका छन् । श्रेष्ठमाथि भएको आक्रमणको घटनापछि सीसीटीभी भुटेज हेर्ने काम भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । अहिले बैठक रोकेर यही विषयमा छलफल भइरहेको बताइएको छ ।
स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए । त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको बताइएको छ ।
राप्रपाको कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको डकुमेन्टमाथि छलफल गरेर जारी राजनीतिक परिस्थितिबारे उपयुक्त निर्णय लिने तयारी छ । यस्तै पार्टीले गर्ने भनिएको आन्दोलनबारे पनि आवश्यक निर्णय गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक