राष्ट्रियसभाको रेकर्डबाट हटाइयो ‘स्यालको छाला ओडेको ब्वाँसो...कम्युनिस्टका नाम बोकेका मानिस’ शब्द
आइतबार, २७ फागुन २०८०, १३ : ३७

काठमाडौँ । राष्ट्रियसभाको बैठकबाट सभाका सदस्य भुवनबहादुर सुनारले बोलेका शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आइतबार बसेको सभाको बैठकमा अध्यक्षता ग्रहण गरेकी उपाध्यक्ष उर्मिला अर्यालले कम्युनिस्टलाई कटाक्ष गरिएको भनाई अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन् ।
राष्ट्रियसभाको गत फागुन १८ गतेको बैठकमा सभाका सदस्य सुनारले राष्ट्रियसभा दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओडेको ब्वाँसो भन्ने कि के भन्ने कम्युनिस्टका नाम बोकेका मानिसहरूको चरित्र उदाङ्गो भयो’ भन्ने वाक्यांश प्रति उदयबहादुर बोहराले नियमापत्ति गरेका थिए ।
सो वाक्यांश राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को खण्ड (घ) १ बमोजिम असान्दर्भिक देखिएकोले सभाको अभिलेखबाट हटाउन निर्देशन अर्यालले निर्देशन दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला