गाडी नम्बर १२२७
केही कामले काठमाडौँ गएको थिएँ । घर फर्किनुपर्ने भएपछि दाङ जाने रा१प १५७० नम्बरको गाडी चढेँ । गाडी लाग्ने भएकाले टिकट लिँदा ड्राइभरपछाडि क्याबिनको सिट लिएको थिएँ ।
ड्राइभरको नजिक म धेरैपटक बसेको छु । तर यत्तिको ड्राइभर पहिलोचोटि देखेँ । अरुले सहायक चालकलाई निकै हेपेर र तल्लो स्तरका गाली दिँदै बोलाउँछन् । तर यी ड्राइभरले असाध्यै नरम र मायालु भाषामा बोलाउँदैथे । ‘कान्छु, पछाडि हेर त बाबु, सब ठिक छ कि छैन ? प्यासेन्जर पनि हेर है, सबै बसे–नबसेको । टक टक टक हेरेर मलाई संकेत गर अनि अब हिँड्नुपर्छ ल । टाइम हुन थाल्यो ।’
सहायक चालकको ‘सब ओके छ गुरुजी’ भन्ने शिष्ट आवाजपछि गाडी हिँड्यो ।
घुइँक्क पार्दै र घच्याक्क रोक्दै गर्दा कलंकी नपुग्दै मैले बान्ता गर्ने अवस्था आउँथ्यो । तर यसपालि यस गाडीको गति एकनासको थियो । कतै घच्याकघुचुक भएन । रोकेको र हिँडेको थाहै पाइनँ । अरु गाडीमा जिउ उछिट्टिएर अगाडिको सिटमा टाउको ठोक्किन जान्थ्यो र पो थाहा हुन्थ्यो । गतिलो ड्राइभर भयो भने त रोके–हिँडेकै थाहै नहुने रहेछ ! अरु गाडीमा अति हँुदा कोही पेसेन्जर कराउँथे— कसरी गाडी हाँकेको ?’
ड्राइभरले पनि बाटोलाई दोष दिँदै भन्थे— ‘बाटोको अवस्था हेर्नुस् न, देख्नुभएन यस्तो बाटो ?’ तर यी ड्राइभरका लागि बाटो त उही थियो ।
बहुत आनन्द आयो । मस्तीले निदाइएछ । सबैजना खाजा खान झरेको थाहा पाएको थिएँ । तर मलाई भोकभन्दा मीठो निद लागेको थियो । पछि मुग्लिनमा मान्छेहरू कल्याङबल्याङ गरेको सुनेर ब्युँझिएँ ।
‘जयश्री पुल भत्केको रहेछ; बाटो बन्द छ रे, भोलि नभई खुल्दैन भन्ने छ । कसो गर्ने गुरुजी ?’ एकजनाले हाम्रो गुरुलाई झ्यालबाट सोधिरहेको थियो । पछि थाहा भयो, तिनी लमहीबाट पश्चिमतिर जाने गुरु रहेछन् । यी दुवै गाडीका साहु रहेछन्, अर्थात् साहुले नै गाडी चलाएका ।
सुरुसुरुमा पनि फुत्त अघि निस्किँदै बाटोमा भएका पेसेन्जर लोकल गर्दै आयो । भएन भनेर तपाईंंका पेसेन्जर लिनलाई बाटोमा फलामका काँटी पोख्दै हिँड्यो । तपाईंंको गाडी उसले काँटी फ्याँकेर पन्चर भएको हो नि गुरुजी !
‘म पनि त्यो बाटो कहिल्यै गएको छैन तर तपाईं साथ दिनुहुन्छ भने पोखरा हुँदै बुटवल निस्किने बाटो जाम । पेसेन्जरलाई समयमा पु¥याउनु हाम्रो जिम्मेवारी हो । समय र परिस्थिति अनुसार निर्णय लिन सकिएन भने परिपक्व ड्राइभर भइँदैन । के भन्नुहुन्छ, तयार हुनुहुन्छ सँगै जान ?’ हाम्रो गुरुले समाधानको उपाय सुझाउँदै शीघ्र निर्णयसहित सहमतिको प्रस्ताव गरे ।
‘हाम्रो गाडीमा अलि तेलको कमी छ । अपुग भयो भने बिचमा छाडेर त जानुहुन्न नि गुरु ?’ अर्को ड्राइभरले प्रतिप्रश्न ग¥यो ।
‘हत्तेरी, त्यस्तो कमजोर सोच नबनाउनु न । छाडेर जाने भए किन सहकार्यको आवश्यकता पथ्र्यो र ? सँगै मिलेर जाने भएपछि एकको सहारा अर्को पो हुनुप¥यो नि । तपाईं हाम्रो मुख्य ध्येय भनेको गाडीलाई कसरी सही दिशामा गति दिने र पेसेन्जरलाई उचित समयमा सकुशल गन्तव्यमा पु¥याउने भन्ने मात्र हुनुपर्छ । अरु सबै सहायक कुरा हुन् ।’
कस्तो तार्किक कुरा गर्न जानेका ! यिनी त राजनीतिको ड्राइभर हुने खालका पो रहेछन् भन्ने लाग्यो । यसबारे कुरा गर्न मन थियो तर चिनजानको मान्छे नभएकाले कसैसँग कुरा गर्न सकिन । हाम्रो गाडी अघि लाग्यो । हाम्रो पछि पश्चिम जानेवाला भे७ख १२२७ नम्बरको गाडी लाग्यो । अरु दुई–चारवटा साना र प्राइभेट गाडीहरू पनि हाम्रो पछि लागे । एक सुरको रफ्तारमा गाडी कुदिरहेका थिए ।
केही समय पर पुगेपछि १२२७ गाडीले ओभरटेक गरी ट्याँ हर्न पार्दै धुलो उडाउँदै गयो । हाम्रो गुरुले कुनै प्रतिक्रिया दिएनन् । हाम्रो गाडीको गतिमा पनि कुनै फेरबदल आएन । त्यो गाडी अलि अगाडिको बजारमा गएर बसेको रहेछ, त्यहाँबाट हामीले उछिन्यौ । झ्यालबाट हात हल्लाउँदै १२२७ को गुरु फिस्स हाँस्यो, ‘रमाइलो गरेको गुरुजी’ भन्दै ।
केहीबेरपछि फुत्त अघि लाग्यो । दमौलीमा गएर अडिएको रहेछ, फेरि हाम्रो गाडीलाई अगाडि जान दिएर पछि लाग्यो । अलि पर पुगेपछि फेरि अघि लाग्यो तर त्यति गति बढाएन, हाम्रो गाडी सँगसँगै हिँड्यो । ऊ अघि लागेको केही क्षणमै हाम्रो गाडीको टायर पन्चर भयो । हाम्रो गाडीले हर्न बजायो, १२२७ रोकियो । सबै पेसेन्जर झरे । हाम्रो गाडीको दुईवटै टायर पन्चर भएछ । उसको गाडीमा भएको टायर मागेको चिप्ला कुरा गरेर दिन मानेन । १२२७ ले कूटनीतिक भाषा ओकल्यो— पेसेन्जरलाई गाह्रो भैजान्छ, कसैलाई छिटो पुग्ने बाध्यता पनि होला, मिलेर समस्या टारौँ, म लिएर जान्छु । तपाईं टायर मगाएर आउनुस् । हँुदैन गुरुजी ?’ हाम्रो गुरु सोझो हो कि बाठो हो बुझ्नै सकिएन ।
‘मलाई दुई–चार घन्टा ढिला हुने देखियो, अर्को कुनै पार्टस पनि भाँचिएछ । हतार हुनेहरू त्यस गाडीमा जानुस् ।’ पेसेन्जरको असुविधालाई ख्याल गर्दै सहज बाटो सुझाए हाम्रा गुरुले । केही मान्छे आत्तिएर अर्को गाडीमा चढे । १२२७ हुत्तिएर गुड्यो, हामी पर्खेर बस्यौँ ।
दुई घन्टापछि टायर र सामान आइपुग्यो । गुरुजी आफैँ कम्मर कसेर जोतिए काममा । एक घन्टामा गाडी बन्यो । पोखरा पुग्दा १२२७ गाडी पृथ्वीचोकमा बसेको रहेछ । यतिबेला हाम्रो पछि–पछि अर्को रुकुम जाने गाडी पुगिसकेको थियो । हाम्रो गुरुले परै भेटेर केही कानेखुसी गर्दै थिए, रुकुमका गुरुसँग ।
पोखरा पुग्नेबित्तिकै १२२७ ले हाम्रो गुरुसँग हात जोड्न थाल्यो— ‘दाइ, प्लिज मलाई तेलको मद्दत गर्नुस् । मेरो तेल सकियो । यता सबैतिर खोजी हेरेँ, कतै पाइएन ।’
खै के कारणले हो, पोखरामा तेल कतै रहेनछ । हाम्रो गुरुले कुनै आवेग नदेखाएर शालीन तवरले भनिदिए— ‘हेर्नुस् न, मैले तेल रुकुमको गाडीलाई दिइसकेँ । अब त मैलाई पनि पुग्छ–पुग्दैन थाहै छैन । कसो गर्नुहुन्छ त ! म बुटवल पुगेर कतै पाइएछ भने पठाइदिन्छु नि ! अहिले म जान्छु । सरी, तपाईं दुःखमा परेका बेला सहयोग गर्न सकिनँ । अघिका हाम्रा पेसेन्जर पठाइदिनुस् न है ।’
यस्तो वार्ता सुनेका सबै पेसेन्जर झरेर हाम्रो गाडीमा चढे । १२२७ का पेसेन्जर पनि धन्नै आधा जति झोला बोकेर हाम्रो गाडीमा चढे । गाडीको गल्ली पनि पूरै भरियो । गुरुले भाडाको हिसाब पनि मागे । अनि हामी हिँड्यौ । मान्छे धेरै भएकाले एकजना मेरो छेउमा कोचिएर बसे । १२२७ को पेसेन्जर रहेछन् । गाडी अलि पर पुगेपछि ती पेसेन्जरले हाम्रो गुरुसँग १२२७ को पोल खोल्न थाले ।
‘पापले आफ्नै खाल्डो खन्छ भनेको यस्तै त हो । तपाईसँग छक्कापञ्जा नगरेको भए तपाईंको टायर पनि जाँदैनथ्यो, उनले पनि तेल पाउँथे । मजाले सँगसँगै समयमै गन्तव्यमा पुगिन्थ्यो । सुरुसुरुमा पनि फुत्त अघि निस्किँदै बाटोमा भएका पेसेन्जर लोकल गर्दै आयो । भएन भनेर तपाईंंका पेसेन्जर लिनलाई बाटोमा फलामका काँटी पोख्दै हिँड्यो । तपाईंंको गाडी उसले काँटी फ्याँकेर पन्चर भएको हो नि गुरुजी ! कस्तो पापी रहेछ । हामीले केही भन्न सकिनौँ । बल्ल आफैँले भेट्यो अहिले !’
हाम्रो गुरुले मन्द मुस्कुराउँदै भने, ‘त्यो सबै कुरा मैले खैरेनीदेखि बुझिसकेको थिएँ । त्यही भएर मैले रुकुमको गाडीलाई तेल दिएँ भनेको हो । मसँग तेल नभएको होइन । मलाई थाहा भइसक्यो कि उनले लोभी आँखा र खोटी मन गर्न थालेका छन् भनेर । काँटी सडकमा फालेको पनि देखिहालेँ, तर मौका नआएसम्म बोलिहाल्नु हुँदैन । मौकाले आफैँ बाटो दिन्छ । मलाई यो पनि थाहा थियो कि पोखरामा यतिबेला तेल पाइँदैन भनेर । वास्तवमा कुनै पनि यात्रामा मुख्य नेतृत्वले अथवा चालकले हरेक परिस्थितिको सही मूल्यांकन गरेर कसको साथ लिने वा कसलाई छोड्ने, कसो गर्दा सुरक्षित रूपमा सही समयमा गन्तव्यमा पुग्न र पु¥याउन सकिन्छ भन्ने निक्र्योल गर्न सक्नुपर्छ ।
त्यो १५७० को गुरु प्रचण्डजस्तो, अनि १२२७ को गुरु शेखर र गगनहरूजस्तो रहेछन् । कुन दिन केपी र रविजस्तो गुरुको पनि कथा बनाउनुपर्छ है !
हुन त मैले उसलाई तेल दिन हृदयदेखि वाचा गरेको थिएँ, तर कसैले तपाईंका विरुद्ध गद्दारी गरेको थाहा पाउँदापाउँदै पनि उसैसँग टाँसिरहनुहुन्छ र नयाँ निर्णय लिन सक्नुहुन्न भने तपाईं निरीह बन्नुबाहेक अरु केही गर्न सक्नुहुन्न । परिस्थिति अनुसार त्यही मान्छे मित्र र त्यही मान्छे शत्रु हुन सक्छ । रोटी पनि एकोहोरो पाक्दैन । सम्झौता र सहकार्यलाई दोहोरो पालना गर्नुपर्छ । एक पक्ष आफ्नो दुनो सोझ्याउँदै गर्ने, अर्को पक्षले सम्झौता पालना गरिरहने कुरा राजनीतिमा त सम्भव हँुदैन, झन् यो त सेवामुखी व्यापार हो ।
यो नयाँ बाटो जाने तय गर्दा उसको सहारा हामी र हाम्रो सहारा ऊ भएकै हो । बिचमा उसले गद्दारी गरेपछि हाम्रो सम्बन्धमा भित्रभित्रै दरार आइसकेको थियो । पछि रुकुमको गाडी आइपुग्यो, नयाँ सहयात्रामा । १२२७ गाडीले बाह्र–सत्ताइस हर्कत देखाएको चाल पाएपछि मैल ऊसँगको सम्बन्ध मनैले तोडिएको पक्का गरिसकेको थिएँ । आफू इमानदार हुन सक्दा भगवानले पनि बाटो दिन्छन् भनेको यस्तै हुनुपर्छ, नभन्दै रुकुमको गाडी टुप्लुक्क आइपुग्यो । पोखरासम्म मलाई हल्का थाहा थियो, तर पोखरादेखि उता केही पनि थाहा थिएन । रुकुमको गाडीलाई सब थाहा रहेछ । यसअघि एक–दुईपटक हिँडिसकेको रहेछ । मलाई उसले साथ दिने वचन दिएको छ । खासमा राप्ती राजमार्गको रुटका विषयमा त्यो रुकुमको गुरु र मेरो नराम्रो झगडा परेको हो, तर सधैँ दुश्मनी राख्ने कुरा हँुदैन नि ! परिस्थिति अनुसार कुनै व्यक्ति मित्र हुन्छ, त्यही व्यक्ति भिन्न परिस्थितिमा दुश्मन बन्न पनि सक्छ । कुनै बेलाको खाँटी दुश्मन कुनै अवस्थामा अभिन्न साथी बन्न सक्छ । अर्कालाई धोका दिन्छु भन्दा ऊ आफैँ फस्न पुग्यो । मसँग इगो छैन । उसले जस्तो गरे पनि तेल दिन सक्थेँ, तर मैले किन नदिएको भने कम्तीमा धोका पाउँदा कतिको गाह्रो हँुदो रहेछ, उसले पनि महसुस गरोस् न भनेर मात्र हो । खासमा गाडीको मात्र कुरा होइन; हवाईजहाज उडाउने, पानी जहाज चलाउने, साइकल–बाइक चलाउने, परिवार चलाउने यी सबैले एकले अर्कोलाई पल्टाउन खोज्दा आफैँ पल्टिन्छन् । मिलेर सह–अस्तित्वलाई स्विकार्दै देश र जनतालाई मुख्य केन्द्रमा राखेर लोभ पापरहित सेवामुखी सोच राख्न सके कुनै क्षेत्रमा कसैले पनि हार बेहोर्नुपर्दैन । यति कुरा बुझ्न कसैलाई फुर्सद छैन यहाँ ।’
हाम्रा गुरुले यस्तै सुनिरहँु लाग्ने गफ गर्दै गाडीलाई एकनाश हाँकिरहे । त्यसपछि हामी समयमै गन्तव्य पुग्यौँ । गुरुलाई धन्यवाद दियौँ ।
कामको थकान मेटाउन यो यथार्थ कथा सुनाएको, मसँगै बस्ने बैरागी माइलाले ठ्याक्कै वर्तमान राजनीतिसँग जोडिहाले । ‘त्यो १५७० को गुरु प्रचण्डजस्तो, अनि १२२७ को गुरु शेखर र गगनहरूजस्तो रहेछन् । कुन दिन केपी र रविजस्तो गुरुको पनि कथा बनाउनुपर्छ है !’
अन्तिममा वैरागीको कुराले बहुत गज्जबको हाँसो मच्चियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन २२ कम्पनीको साधारणसभा आह्वान
-
चन्द्रागिरि–१२ का वडा अध्यक्ष न्हुच्छे महर्जन पक्राउ
-
माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा
-
बिचौलिया रोक्न वैदेशिक रोजगार विभागमा बनाइयो विद्युतीय गेट
-
मानव सभ्यता उल्टो गेयरमा गइराखेको छ कि जस्तो लागिरहेको छ : पूर्वराष्ट्रपति यादव
-
कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान