आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ: पूर्व राष्ट्रपति यादव

आइतबार, २७ फागुन २०८०, १२ : २०
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले धार्मिक कार्यक्रमहरूमा समेत राजनीति गर्नेहरूलाई सामेल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताए । उनले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी मधेसको उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटनको हबको रूपमा विकास गर्न तत्पर रहेको बताइन् । उनले मधेसलाई धार्मिक पर्यटनको हबको रूपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक साबित हुनसक्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप